Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
How does IVF work in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: 'आईभीएफ' भनेको के हो र यसले कसरी काम गर्छ?
13/02/2026 Duration: 09minDid you know that IVF is not the first, but in fact the last step in a sequence of fertility treatments? In Vitro Fertilisation is regulated by state and territory laws. It can also be expensive and emotionally challenging. Here’s what to expect when aiming to start a pregnancy with IVF in Australia. - के तपाईँलाई थाहा छ, आईभीएफ प्राकृतिक रूपमा गर्भधारण गर्न नसकेको अवस्थामा पहिलो नभएर अन्तिम विकल्प हो? ‘इन भिट्रो फर्टिलाइजेसन’लाई अस्ट्रेलियाका विभिन्न राज्य र प्रदेशका कानुनहरूले नियमन गर्ने गर्दछन्। यो विधि खर्चिलो भएसँगै अवस्थामा भावनात्मक रूपमा पनि चुनौतीपूर्ण हुन सक्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले अस्ट्रेलियामा आईभीएफ मार्फत गर्भधारण गर्दै गर्दा ध्यान दिनु पर्ने कुराहरूका बारेमा चर्चा गरेका छौँ।
-
Family seek answers after Nepali grandmother died in Perth home crash - पर्थवासी नेपाली भन्छन्: ‘हाम्रो आन्टीका लागि न्याय चाहन्छौँ’
13/02/2026 Duration: 06minGrieving family and community members are seeking answers after a Nepali grandmother died in a fatal crash in Perth on Friday, 6 February. Nepali grandmother Bishnu Kumari Gurung, widely known as “Himali Aunty”, was asleep at her daughter’s home in Perth’s inner-east suburb of Riverdale when a car allegedly crashed into the house, fatally injuring her. - गत साता पर्थमा भएको एक दुर्घटनामा एक नेपाली हजुरआमाको मृत्यु भएपछि, शोकमा रहेका परिवार र समुदायका सदस्यहरू उत्तरको खोजीमा छन्। शुक्रबार फेब्रुअरी ६ राति करिब ११:४० बजे पर्थको रिभरडेलस्थित एक घरभित्र कथित रूपमा एक गाडी छिर्दा, त्यहाँ सुतिरहेकी विष्णुकुमारी गुरुङको घटनास्थलमा मृत्यु भएको वेस्टर्न अस्ट्रेलिया पुलिसले जानकारी दिएको हो। “हिमाली आन्टी” भनी समुदायमा चिनिएकी ५३ वर्षीय गुरुङ आफ्नी छोरी र उनको परिवार भेट्न नेपालबाट अस्ट्रेलिया आउने जाने गरेको, र हाल परिवारको सहयोगका लागि समुदाय जुटिरहेको उनका आफन्तजनले एसबीएस नेपालीलाई बताएका छन्। एक रिपोर्ट।
-
Review launched into the plan for Australia's largest river ecosystem - सुरु भयो अस्ट्रेलियाको सबैभन्दा ठूलो नदी प्रणाली व्यवस्थापन योजनाको समीक्षा
13/02/2026 Duration: 09minPublic consultation has opened on a review into the management plan for the Murray–Darling Basin, Australia's largest river system. The announcement has come weeks after Environment Minister Murray Watt listed the lower Murray River region as critically endangered. - अस्ट्रेलियाको सबैभन्दा ठुलो नदी प्रणाली, मर्रे-डार्लिङ बेसिनको व्यवस्थापन योजनाको समीक्षामा सार्वजनिक परामर्श सुरु भएको छ। सङ्घीय वातावरण मन्त्रीले तल्लो मर्रे नदी क्षेत्रलाई गम्भीर रूपमा लोपोन्मुखको रूपमा सूचीबद्ध गरेको केही हप्ता पछि यो घोषणा आएको हो। एक रिपोर्ट।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शु्क्रवार, १३ फेब्रुअरी २०२६
13/02/2026 Duration: 03minएङ्गस टेलर लिबरल पार्टीको नयाँ प्रमुखका रूपमा चयन भएका लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
What do Nepal's ‘election police’ want? - चुनावमा खटिएका ‘म्यादी प्रहरी’ के चाहन्छन्?
12/02/2026 Duration: 07minPreparations are underway in Nepal for the upcoming March election. Along with the Nepal Police, Armed Police Force and the Army, ‘election police’ are also said to be part of the security personnel. Also known as ‘myadi police’, individuals from various professions have received training for the polls. Our Nepal correspondent Pratichya Dulal spoke with several election police officers who completed their training at Metropolitan Police Circle, Maharjgunj on Tuesday, 10 February. - आगामी महिना नेपालमा हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासँगै निर्वाचन प्रहरी पनि यसै सातादेखि मैदानमा खटाइएका छन्। विभिन्न पेसामा रहेका व्यक्तिहरूलाई सीमित अवधिका लागि निर्वाचन सुरक्षामा खटाइने भएकाले उनीहरू म्यादी प्रहरी भनेर पनि चिनिन्छन्। चुनावका लागि खटिनु अघि प्रशिक्षणमा बसेका उनीहरूको प्रशिक्षणको अन्तिम दिन, मङ्गलवार, १० फेब्रुअरीमा महाराजगञ्ज वृत्त अन्तर्गत तालिममा सहभागी केही निर्वाचन प्रहरीहरूसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्।
-
What is diet stacking and are you doing it? - तपाईँको लागि आखिर कुन ‘डाइट’ सही?
12/02/2026 Duration: 10minFodmap, high protein, gluten-free, lowfat, clean eating - so many diets, so much conflicting advice. Australian experts are warning that following multiple diets at the same time could have unexpected consequences. - कहिले ‘हाई-प्रोटिन’ त कहिले ‘ग्लुटेन-फ्री’, ‘लो-फ्याट’ अनि ‘क्लीन इटिङ’। अरूको सुझाव मानेर हामीले हाम्रो खानपिनमा धेरै परिवर्तन गरिरहेका हुन्छौँ। तर एकै समयमा धेरै डाइटहरू अपनाउँदा अप्रत्याशित असर पर्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्। एक रिपोर्ट।
-
शुक्रवार, १३ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
12/02/2026 Duration: 01minअस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Public transport in Australia: breaking down the basics - अस्ट्रेलिया बुझ्नुहोस्: ‘पब्लिक ट्रान्सपोर्ट’ बारे तपाईँले जान्नै पर्ने कुराहरू
12/02/2026 Duration: 12minLike in most countries, public transport in Australia is the cheapest way to get around. It includes trams, buses, trains and ferry services. And each state or territory has its own transport network. However, navigating Australia’s public transport system with ease requires knowing the basics around how it works and what to expect. - अस्ट्रेलियामा यात्रा गर्न सार्वजनिक यातायात प्रयोग गर्नु सबैभन्दा सस्तो र सरल तरिका हो। ट्राम, बस, रेल र फेरी सेवामार्फत मानिसहरूले नियमित यात्रा गर्छन् र प्रत्येक राज्य र प्रदेशको आफ्नै सार्वजनिक यातायात सञ्जाल छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले अस्ट्रेलियाको सार्वजनिक यातायात प्रणाली कसरी सञ्चालन हुन्छ, टिकट र भुक्तानी प्रणाली के कस्ता छन्, यात्रा गर्दा के-के कुरामा ध्यान दिनुपर्छ र नयाँ आगन्तुकहरूले सजिलै प्रयोग गर्न सक्ने सुविधाहरूबारे चर्चा गरेका छौँ।
-
SBS Nepali Australian News Headlines: Thursday, 12 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १२ फेब्रुअरी २०२६
12/02/2026 Duration: 03minListen to the latest top news from Australia in Nepali, including Angus Taylor running for Liberal Party leadership. - एङ्गस टेलरले लिबरल पार्टीको नेतृत्व पदका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Community Program Update: Shivaratri, mobile passport service and diabetes session - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: शिवरात्रि, राहदानी घुम्ती सेवा र मधुमेह सम्बन्धी जानकारी
11/02/2026 Duration: 07minStay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
-
Australian weather update for Thursday, 12 February 2026 - बिहीवार, १२ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
11/02/2026 Duration: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Australian News Headlines: Wednesday, 11 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ११ फेब्रुअरी २०२६
11/02/2026 Duration: 03minListen to the latest top news from Australia in Nepali, including Australian captain Mitchell Marsh says his team is adequately prepared to play two specialist spin bowlers in their side at the Twenty20 World Cup. - आफ्नो टोलीले टी-२० विश्वकपमा दुई विशेषज्ञ स्पिन बलर खेलाउने तयारी पर्याप्त रूपमा भएको अस्ट्रेलियाका कप्तान मिचेल मार्सको भनाई लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nepal Update: Social media regulation bill withdrawn and single-phase elections - नेपाल अपडेट: सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक फिर्ता र एकै चरणमा हुने निर्वाचन
10/02/2026 Duration: 10minListen to the latest weekly update from Nepal, including the government's decision to withdraw the social media regulation bill, the Prime Minister’s statement on holding elections in a single phase and Nepal's Shivali Gurung and Korea's Seohyeon Kim's pair victory during Week 2 of ITF World Tennis Tour Juniors J60 Kathmandu girls' doubles. - सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक फिर्ता लिने भएको छ। यस साता बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक सङ्घीय सांसदबाट फिर्ता लिने निर्णय गरेको हो। त्यस्तै, एकै चरणमा निर्वाचन गरिने प्रधानमन्त्रीको भनाइ, प्रणय दिवसमा गुलाबको माग बढ्दो, प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गतको समानुपातिकतर्फको अन्तिम बन्द सूची प्रकाशित र शिभाली गुरुङ र दक्षिण कोरियाकी सिओह्योन होयन किमको जोडीले आईटीएफ टेनिस टु जुनियर जे ६०-सर्किट २को गर्ल्स डबल्समा शनिवार स्वर्ण पदक जितेको लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
-
Australian weather update for Wednesday, 11 February 2026 - बुधवार, ११ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
10/02/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १० फेब्रुअरी २०२६
10/02/2026 Duration: 04minआदिवासी महिला तथा बालबालिकाका लागि पहिलो पटक अलग्गै घरेलु, पारिवारिक र यौन हिंसा विरुद्धको योजना सरकारले सार्वजनिक गर्दै लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Coroner identifies major failings by psychiatrist who treated Bondi Junction attacker - सन् २०२४ को बोन्डाइ छुरा प्रहार घटना: मनोचिकित्सकले किन पाइन् दोष?
09/02/2026 Duration: 05minA psychiatrist who treated the Westfield Bondi Junction attacker has been referred for review by the coroner investigating the mass killing in 2024. New South Wales State Coroner Teresa O'Sullivan criticised the care of Joel Cauchi's former psychiatrist for failing to adequately respond to a schizophrenia relapse in the years before the mass stabbing, which saw six people killed and 10 injured. She has made 23 recommendations, including a call for the Health Ombudsman of Queensland to review the psychiatrist's care and treatment of Joel Cauchi. - सिड्नीको बोन्डाइस्थित वेस्टफिल्डमा सन् २०२४ मा ६ जनाको मृत्यु हुने गरी भएको सामूहिक हत्याको छानबिन गरिरहेकी कोरोनरले घटनामा संलग्न भनिएका आक्रमणकारीको उपचार गर्ने मनोचिकित्सकले आफ्नो जिम्मेवारी ठिक सँग पुरा गरे नगरेको बारेमा समीक्षाका लागि सिफारिस गरेकी छन् । यद्यपि कोरोनरले उक्त घटनाका पछाडि मनोचिकित्सकको मात्र दोष नरहेको भन्दै २३ सिफारिस पनि दिएकी छन्। एक रिपोर्ट।
-
Nep v Eng match analysis: ‘We need to stop losing by small margins with big test nations!‘ - नेपाल-इङ्ग्ल्यान्ड क्रिकेट समीक्षा: ‘तारिफ सामाजिक सञ्जालमा मात्र सीमित हुन्छ!’
09/02/2026 Duration: 17minNepal’s opening match of the T20 World Cup has drawn widespread attention from cricketing communities after the team fell short by four runs against England on Sunday, February 8, at Mumbai’s Wankhede Stadium. SBS Nepali spoke with sports analyst Sudin Pokharel about Nepal’s performance, challenges, strengths and prospects in the fixtures ahead. - नेपालले आफ्नो तेस्रो टी२० क्रिकेट विश्वकप यात्रा आइतवार, फेब्रुअरी आठमा मुम्बईस्थित वाङ्खेडे रङ्गशालामा इङग्ल्यान्डसँग भएको खेलबाट सुरु गरेको छ। खेलमा १८५ रनको लक्ष्य बोकेको नेपाल चार रनले पराजित हुन पुगेको हो। नेपालको खेलका विभिन्न आयाम, चुनौती, अवसर र आउँदा खेलका सम्भावनाबारे खेल विश्लेषक सुदिन पोखरेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
Australian weather update for Monday, 9 February 2026 - सोमवार, १० फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
09/02/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Monthly Finance Talk: How Australia's interest rate rise might affect you - आर्थिक कुराकानी: ब्याज दर वृद्धिले तपाईँको ‘होम लोन’मा कस्तो प्रभाव पार्ला?
09/02/2026 Duration: 26minIn this episode of our monthly finance chat, we spoke with financial advisor Bishwas Bhattarai, who discusses how the Reserve Bank's interest rate rise to 3.85 per cent might affect mortgage holders, its impact on the housing market, things you should know about capital gains tax and popular suburbs for buying and investing. - रिजर्भ ब्याङ्कको यस वर्षको पहिलो बैठकले ब्याज दर बढाउने निर्णय गरेको छ। ३.६ प्रतिशत रहँदै आएको ब्याजदर बढेर ३.८५ प्रतिशत पुर्याइएको हो। यस महिनाको आर्थिक कुराकानीमा ‘मोर्गेज होल्डर’हरूलाई ब्याज दर वृद्धिले गर्ने असर, क्यापिटल गेन्स ट्याक्स र घर किन्न वा लगानी गर्न फाइदाजनक सबर्बहरू लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।
-
Nepal in T20 World Cup: ‘A force to reckon with in international cricket!’ - नेपालको टी२० क्रिकेट विश्वकपबारे पारस खड्का: ‘यसपालि टेस्ट राष्ट्रलाई हराउने आशा’
09/02/2026 Duration: 14minNepal has begun its third T20 World Cup campaign with its first match against England on Sunday, February 8, 2026. The “underdogs” went down by four runs against two-time champions England, who posted 184 at Mumbai’s Wankhede Stadium. Ahead of the tournament, our Nepal correspondent Pratichya Dulal spoke with Nepal’s former captain and Cricket Association of Nepal Secretary Paras Khadka about the team’s prospects and expectations. - नेपालले आइतवार, आठ फेब्रुअरीदेखि इङ्ग्ल्यान्डसँगको खेलबाट टि२० विश्वकप २०२६ को यात्रा सुरु गरेको छ। भारतको मुम्बईस्थित वाङ्खेडे रङ्गशाला भएको खेलमा इङ्ग्ल्यान्डले बनाएको १८४ रनलाई पार गर्ने लक्ष्य बोकेको नेपाल चार रनले पराजित हुन पुगेको छ। टि२० फर्म्याटको यो १० औँ विश्वकपमा नेपालको यो तेस्रो सहभागिता हो। नेपालले पहिलो पटक विश्वकप खेल्दा उक्त टिमको कप्तान रहेका र हाल नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्कासँग नेपाली टोलीको सम्भावना र उक्त टिमबाट राखिएको अपेक्षाबारे नेपाल संवाददाता प्रतिक्षा दुलालले प्रतियोगिता सुरु हुनु अगि गर्नुभएको कुराकानी सुन्नुहोस्।